सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढ्यो
बिजनेसपाटी १६ श्रावण
आज सोमबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । आज नेप्से परिसूचक ९.४१ अंकले बढेर १६५२.६९ को उचाईमा पुगेको छ । आज १५५ कम्पनीका १६ लाख ४८ हजार ३ सय ६२ कित्ता शेयर खरिद बिक्रि भएको छ । १ अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रुपियाँको कारोबार भएको आज सानिमा बैंकको सबै भन्दा धेरै ४ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायत पनि आज बढी कारोबार गरेका छन् ।
कारोबारमा आज आएका समुहगत सूचक मध्ये इन्स्योरेन्स बाहेकका सबै सूचक बढेका छन् । आज ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । कावेली विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया