अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ को बिमोचन

काठमाडौँ १६ भाद्र ।
बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’को आज एक कार्यक्रमबीच बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका प्रतिष्ठित गायक गायिकाहरुको बाक्लो उपास्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ गायिका मिरा राणा, ज्ञानु राणा, तारा थापा, गायक शम्भु राई, गीतकार ललिजन रावल, डा. नवराज लम्साल, रमेश पौडेल, संगीतकार टीका भण्डारी, मदनसिंह नेपाली, गायिका जुन प्रसाई, निशा देशार लगायतको उपस्थिति थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक श्री सुरेशकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बिमोचन कार्यक्रममा अंकित एल्बमका ५ वटै गीतका प्रमुख अंश सुनाईएको थियो । कार्यक्रममा सुप्रसिद्द गीतकार डा.नवराज लम्सालले एल्बम सम्बद्द गीति कृतिहरुकोबारेमा समिक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने एल्बमका मूल सर्जक टीका भण्डारीले अंकित भित्रको सांगीतिक पाटोबारे आफ्नो बिचार राखेका थिए । कार्यक्रममा अतिथिका रुपमा रहनु भएका बरिष्ठ गायिका मिरा राणा, ज्ञानु राणा, तारा थापा, गीतकार, ललिजन रावल,लगायत बिशिष्ट अतिथिहरुका तर्फबाट सुप्रसिद्द गायक शम्भु राईले एल्बम सम्बद्द गीतकार संगीतकार तथा गायक अंकित लुईटेललाई हार्दिक बधाई शुभकामना तथा सुबेक्षा प्रकट गरेका थिए ।

एल्बम अंकित स्वयं अंकितको परिवारले बिन्द्यबासिनी म्युजिक प्रालिसँग सहकार्य गरि उत्पादन गरेको हो। रेडियो नेपालको सङ्गीत स्टुडियोमा आयोजित कार्यक्रममा सञ्चार माध्यमको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले भने- ”रेडियो नेपाल सपुर्ण कलाकारहरुको हो, सबै नेपालीको हो, यसको बिकाशमा जो कसैले ईटा थप्छु भन्दा म खुशी हुने मान्छे हुँ, अंकित लुइँटेल जस्ता प्रतिभाशाली बाल कलाकारहरुको प्रतिभालाई रेडियो नेपालले जहिले सुकै प्रोत्साहित गर्न कुनै कन्जुस्यांई गर्ने छैन, पुराना श्रष्टाहरुबीच पनि रेडियो नेपाल विभिन्न माध्यमबाट निरन्तर जोडीरहन चाहन्छ, रेडियो नेपाल, सङ्गीत र हाम्रा श्रष्टा सर्जकहरु एक अर्काका परिपुरक हुन्।” एल्बममा गीतकार डा. कृष्णहरि बराल, डा. नवराज लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना रहेका छन्।

सभापतिको आसनबाट बोल्दै बिन्द्यबासिनी म्युजिक प्रालिका अध्यक्ष सुबाश रेग्मीले श्रष्टाहरुको प्रतिलिपि अधिकार अझै सुरक्षित हुन नसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया