आर्थिक रुपमा आत्मनिर्भर बन्दै मधेसी महिला

राजु साह कानु
कलैया,बारा ४ पौष 

विरगंज–१० गहवाकी मन्दादेवी पटेल २० बर्षदेखि गहवा मन्दिरको उतरतर्फ तरकारी बेच्ने गर्छिन । उनको श्रीमान् पनि तरकारी बेच्ने गर्छन । तरकारी व्यापारले उनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ । तरकारी विक्री गरेर भएको आम्दानीमा उनी सन्तुष्ट छिन् । उनले भनिन्, “मैले बेचेको तरकारीको पैसाले घरपरिवार चलाउँछु अनी श्रीमानको कमाइ बचत गर्छु ।”
सात जना सन्तानलाई तरकारी बेचेर हुर्काउन सफल भएको पटेल परिवारले सबै सन्तानलाई पढाएको पनि छ । घरपरिवारमा बसेर सपना देख्नु भन्दा पनि महिला र पुरुष दुवै मिलेर काम गर्दा घरपरिवारमा एउटा राम्रो सम्बन्ध बन्ने र आर्थिक आवश्यकता पनि पूरा हुने मन्दादेवीले बताइन् ।m1
मन्दा देवी मात्र होइन कलैया–४ भवनीपुरकी शान्ति देवी साह पनि सिलाई कटाई गरेर राम्रो आम्दानी गरिहेकी छिन् । उनी १२ बर्ष पहिला सिलाइकटाइको तालिम लिएर आपmनै घरमा सिलाईको काम गर्दै आएकी छिन् । घरभाडामा बस्दै आएकी शान्ति देवीको श्रीमान सरकारी शिक्षक छन् । श्रीमानको तलवबाट घरभाडा, स्वास्थ्य तथा शिक्षामा खर्च हुन्छ भने उनले कमाएको पैसाबाट तरकारी, लुगाकपडा किन्ने गरेको शान्तिदेवीले बताईन् ।m4
शान्ति देवीको ३ छोरी र १ छोरा गरी जम्मा ४ सन्तान गरी ६ जनाको परिवारमा सिलाइ कटाइको कमाइबाट सवै छोराछोरीलाई सुनको गहना जोडिदिएका छन् उनीहरुले । मन्दादेवी र शान्तिदेवी साह तराईका महिलाहरुको प्रतिनिधि पात्र मात्र हुन् । यस्तै मधेसी धेरै मधेसी महिलाहरु अहिले आर्थिक रुपमा आत्मनिर्भर बन्दै छन् ।
घर आँगनको चूल्हो चौको र घुम्टोमा सीमित तराई मधेशका महिलाहरु पछिल्लो समयमा आर्थिक शसक्तिकरणतर्फ लागि परेका छन् । सानोतिनो कामको लागि रकम आवश्यक परेमा पनि श्रीमानको भरमा बस्नुपर्ने अधिकशं महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् ।
गाउँघर घरमा मात्र होइन बजारसम्म पुगेर आर्थिक कृर्याकलापमा संलग्न हुन थालेका छन् । सीप भएका महिलाहरु सिलाई कटाई, ब्युटी पार्लर लागायतको काम गरेर आर्थिक उपार्जन गर्छन् भने, सीप नभएका महिलाहरु बाख्रा पालन, तरकारी बेचेर आय आर्जन गर्न सफल भएका छन् । महिलाहरु आय आर्जनका क्रियाकलाप लागेर आम्दनी गर्न थालेपछि उनीहरुको आर्य आर्जन बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया