इन्डोनेसियामा एक लाखभन्दा बढी विस्थापित

जाकर्ता ९ पाैष ।

इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ । बाढीले झण्डै २० हजार घर, ६० स्वास्थ्य संस्थाहरु र दुई वटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए । बाढी आएपछि सञ्चार र विद्युत सेवासमेत अवरुद्ध भएको छ भने आपतकालिन सेवाप्रवाहमा पनि समस्या भएको उनले बताए ।

सरकारले आउदो जनवरी चार सम्मका लागि आपतकालिन समय घोषणा गरेको छ । बाढी अझै नियन्त्रणमा नआएकाले बाढीबाट प्रभावित हुनेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको प्रवक्ता नुग्रोहोले बताए । प्रहरी, सेना, उद्धारकर्मीहरु लगायतले उद्धार तथा सहयोगका लागि प्रयासहरु गरिरहेका छन् । रासस÷सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया