ओलम्पिक अगाडि लुटिए चिनियाँ खेलाडी

काठमाडौँ १७ साउन

रियो( एजेन्सी)-रियो ओलम्पिकमा ब्राजिलको फितलो सुरक्षा व्यवस्थाको पोल खुल्न थालेको छ। चिनियाँ खेल पत्रकारले एक साताअघि ब्राजिलको राजधानी रियो दि जेनेरियोको एक होटलमा आफ्नो एथलीट लुटिएको घटना सार्वजनिक गरेपछि अहिले अन्तर्राष्ट्रिय मिडियामा खैलाबैला मच्चिएको छ। चीनका १ सय १० मिटर हर्डल खेलाडी सी दोङपेङ र उनका क्यामेरा सहयोगी गत साता रियोमा लुटिएका हुन्।

सी र उनका सहयोगी गत साता चीनबाट पट्यार लाग्दो लामो यात्रा गर्दै राती साढे १० बजे रियो पुगेका थिए। होटलमा आफ्नो कोठा कन्फर्म गरेर सुत्न जान लागेका दुवैको अगाडि स्थानीय एक व्यक्तिले अत्याधिक मदिरा सेवन गरेको नाटक गर्दै ओलम्पिक एथलीट सीको लुगामा छादेर भागेको थियो। सी आफ्नो लुगा सफा गर्न वासरूमतर्फ लागेको बेला उसलाई समात्न सीका क्यामेरा सहयोगी आफूसँग भएको सवै समान होटलको लाउन्जमा छोडेर बाहिर दौडिएका थिए। त्यति नै बेला मौकाको खोजीमा रहेको उसैको अर्को साथी होटलभित्र छिरेर सवै समान बोक्दै त्यहाँबाट फरार भएको थियो।

सुरक्षाको लागि होटलमा राखिएको क्यामेराको फुटेज हेरेपछि यी दुवैले आफूहरू योजना मुताविक लुटिएको पत्तो पाएका थिए। उनीहरू आफू लुटिएको रिपोर्ट दर्ता गराउन राती साढे २ बजे नजिकको पुलिस स्टेशन पुगेका थिए। त्यतिबेला रिपोर्ट दर्ता गराउन पुलिस स्टेशनभरि नै मानिसहरूको भीड थियो। यतिबेला रिपोर्ट दर्ता गराउन आएका स्थानीय एक पीडतले उनीहरूलाई सान्त्वना दिँदै भनेछन्–…तपाईहरू भाग्यमानी हुनुहुँदो रहेछ। मलाई त कन्चेटमा पेस्तोल राखेर मेरो कार लुटेर लगे।’ब्राजिलले रियो ओलम्पिकको सुरक्षाका लागि ३८ हजार सैनिक र ४७ हजार अन्य पदाधिकारी खटाएको बताउँदै आइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया