ग्लोबल आइएमइ बैंकको नाफा २ अर्ब ८ करोड, निक्षेप एक खर्ब २ अर्ब,

बिजनेसपाटी ४ श्रावण ।
बैंकले गत आर्थिक बर्ष खुद मुनाफा दुई अर्ब रुपैयाँ नघाएको छ।   गत बर्ष नाफा दुई अर्ब ८ करोड रुपैयाँ हाराहारी पुर्याएको बैंकले जनाएको  छ ।  बैंकले निक्षेप रकम पनि १ खर्ब रुपैयाँ नघाएको छ।  गत असार मसान्तका दिन बैंकले कुल निक्षेप एक खर्ब २ अर्ब रुपैयाँ नघाएको हो।
  केहि समय अघि रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको हो। बैंकको कर्जा लगानी ८५ अर्व रुपैयाँ हाराहारी रहेको छ।
बैंकले  ११२ वोटा शाखाहरु,  ११४ वटा एटिएम  तथा ५ वटा एक्सटेन्सन काउण्टर र ४६ शाखारहित बैंकिङ्ग मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया