ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक खरिद गर्ने

बिजनेसपाटी सम्बाददाता,

काठमाडौं १ असार ।  

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक खरिद गर्ने भएको छ।  लम्जुङको बेसीशहरमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको प्यासिफिक डेभलपमेन्ट बैंक ग्लोबल आइएमई बैंकमा एक्वायर हुने भएपछि प्यासिफिक बैंकको बुधबारदेखिनै नेप्सेमा कारोबार रोकिएको छ । प्यासिफिक बैंकलाई ग्लोबल आइएमई बैंकमा गाभ्नेबारे दुवै संस्थाबीच सम्झौता भएको छ।

हाल प्यासिफिकको चुक्ता पुंजी १० करोड ८९ लाख रुपैयाँ रहेको छ। त्यस्तै प्यासिफिकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा १ करोड ९९ लाख खुद मुनाफा गरेको थियो।त्यस्तै प्यासिफिकलाई किन्न लागेको ग्लोबल आइएमई बैंकको चुक्ता पुंजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा १ अर्ब ३ करोड खुद मुनाफा गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया