‘जीवन भगवानले दिएको वरदान हो’- राष्ट्रकवि घिमिरेसँग अन्तरंग कुराकानी

नेपाली साहित्यको धरोहर राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग बिजनेसपाटीका प्रधान सम्पादक रिसव गौतम, अतिथि सम्पादक शिवकुमार श्रेष्ठले नेपालको साहित्यिक अवस्था कस्तोे छ ? तपाई कसको साहित्य लेखनबाट प्रभावित हुनु भएको थियो भन्ने लगायत विषयहरूमा आधारित प्रस्तुत कुराकानीको अंश
नेपाली साहित्यको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
साहित्यको धारा दुई किसिमले बगिरहेको छ । एउटा राजनीतिक परिवर्तन र अर्को स्थिर छ । आफ्नै किसिमको धारा छन् । कुनै एक व्यवस्था परिवर्तन हुनासाथ तुरुन्तै परिवर्तन हुन्छ । अर्को कुरा के छ भने विश्वमा साना–ठुला परिवर्तनहरू आउँछ । त्यसले साहित्यमा ठूला–ठूला परिवर्तन ल्याएको हुन्छ ।
सञ्चारले विश्वमा पिछडिएको क्षेत्रलाई समेत परिवर्तन गर्न सहयोग पु¥याएको छ । सञ्चारको कुरा गर्ने हो भने सबैको हातहातमा मोवाईल छ । मोवाइलमा यताको कुरा उता र उताको कुरा यता हेर्न र सुन्न सकिन्छ । सञ्चारले परिवर्तन ल्याएको छ । आमूल परिवर्तन नभए पनि इतिहासमा ठूलो परिवर्तन भएको छ । त्यो विज्ञानले ल्याएको कुरो हो । विज्ञानले जति प्रगति गरेको छ । अध्यात्मिक क्षेत्रमा पनि परिवर्तन गर्न त्यतिकै आवश्यकता छ । किनभने विज्ञानले परलोकको कुरा मान्दैन । जसले गर्दा विज्ञानले साहित्यिक क्षेत्रमा पनि प्रभाव पार्दछ ।
प्रकाशन हुन लागेको तपाईको महाकव्यको चर्चा छ । कहिले प्रकाशन हुन्छ ?
त्यो छिटो लेख्न सकिन्न । धेरै बाँच्न पाए हुन्थ्यो भन्ने बेला विज्ञान के भन्छ भने हामीले बाँच्ने यति मात्रै हो भन्छ । संंसारमा नयाँ–नयाँ विचारहरू पनि आएका छन् । जसले गर्दा साहित्यिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ ।
मैले सम्भव यो ४÷५ वर्षसम्म लेख्न सकिन । म करिब करिव १ वर्ष विरामी भएँ । दुइ तिन भाग लेख्न बाकी छ ।

‘‘यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी छ, आहा नौलो कुरा जति सुने पनि सुन्न बाँकी छ ।’’ त्यो मानवीय स्वभाव हो । संसार चाहीँ निरन्तर अगाडि बढ्दै आएको छ ।
हजुरलाई यहाँसम्म आउँदा जिन्दगीको भोगाई चाहीँ के हो जस्तो लाग्छ ?
जीवन के हो भने भगवानले दिएको वरदान हो । एक मुठी मकैको गेडालाई यो रोप र फलाउ अनि त्यसको घोगाबाट मकैको दाना लाग्छ । फेरि त्यसलाई धेरै ठाउँमा लगाऊ फलाउन भने जस्तै धेरै फलाउन सक्छौं । तर त्यो एकमुठी मकै भुटेर खायो भने त्यो त सकिन्थ्यो नि । हो त्यो भगवानको वरदान हो । हरेक वस्तुहरूको जीवन छ । ग्रहहरू पनि आफ्नो ऋतु र नियममा घुमिरहेका हुन्छन् अहिले पनि घुमि राखेको छ । हाम्रो जीवन पनि त्यस्तै हो । आफ्नै किसिमले चल्दै आएको छ । नयाँ–नयाँ चिन्तनहरूको विकास हुँदै आएका छन् । अब हाम्रो जीवनमा परिवर्तन गर्दिन भनेर सुखै छैन ।

लक्ष्मी प्रसाद देवकोटाले भन्नु भएको थियो । अरु सबै कृतिहरू जलाई दिए पनि हुन्छ । मुना-मदन चाँही नजलाई दिनु भन्नु भएको थियो भन्ने छ । त्यस्तै हजुरको धेरै कृतिहरू मध्ये प्रिय कृति चाँही कुन हो ?
मुना मदनलाई सबभन्दा मन पराएको कृतिको रुपमा लिनु भयो साँचो पनि हो । तर म के भन्छु भने फलानो सबभन्दा राम्रो छ भन्ने लाग्दैन । त्यसमा के भन्छु भने सबै कविहरूबाट उस्टै उत्तर आउँछ भन्ने आशा नगर्नु होला । म चाँही आफनो कृति परिमार्जन गरेर बाहिर पठाउँछु । सबै रचनाहरू प्रिय छन् कुन राम्रो छ कुन नराम्रो छ भन्ने म आफैले भन्न सक्दिन ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा हेर्ने सोच जस्तै विश्वमा अणुवमको आतंक छ । अहिले त्यसको विरोध गर्ने नेपालको चिन्तन हो । त्यो केही हो पनि, होइन पनि । कुन राम्रो छ भन्ने कुरा लेखकको काम भन्दा समालोचकको काम हो । जनताको काम हो जुन जनताले कुन कृतिलाई बढी मन पराउँछ । त्यो तपाईहरूलाई थाहा छ ।
कविहरू महान कविहरूको कृतिहरूबाट प्रभावित भएर लेख्छन् । हजुर पनि कुनै कविहरूको कृतिबाट प्रभावित भएर लेख्नु हुन्थ्यो ?
लेख्छन् भन्ने होइन । उहाँहरूको ठाउँमा पुग्न पनि सकिन्छ कि सकिदैन भन्ने हो । मैले जुन कुरा प्राप्त गरँे अन्तमा गएर रविन्द्रनाथ टेगौरका कविताहरू पढ्ने अवसर पाउनसाथ कवितासँग साक्षतत्कार गर्न मन लाग्यो । कालीदासको कविताहरू रविन्द्रनाथका भन्दा पनि राम्रा लेखेका छन् । कुन अर्थमा भने आफनो लामो संस्कृति छ । जहाँ पनि संक्षेपमा लेखेको छ । कालीदासलाई आफ्नो सँस्कृतिलाई सबभन्दा संक्षिप्त बनाएर लेख्न सक्ने कवि भनिन्छ ।
हजुर सय वर्षको हुनु भयो । सय वर्षसम्म निरोगी हुनुको कारण मानिसहरू भन्दछन् लेखनमा सक्रिय जीवनशैली अपनाएको कारण पनि हो के साँच्ची हो ?
हो, होनी क्रियाशील बने भने मान्छेहरू धेरै बाँच्ने रहेछ । भगवानले मलाई काम गर्न पठाएको हो । काम गर्नै पर्छ । काली गण्डकीको बारेमा एउटा कविता लेखेको छु । ‘‘काली गण्डकी सँधै सक्रिय, प्रत्येक पल उ सक्रिय ।’’ सिर्जनशीलताको केही न केही रेखा छोडेर गएको छ । त्यस्तै हामी आफनो जीवनमा सक्रिय बनि राख्नु पर्छ र सिर्जनशील हुनै पर्छ । जीवन सक्रिय बनाउन योगा अहिलेको युगमा त्यतिकै महत्व राख्छ । र शान्ति पनि ल्याउँछ ।

हामीलाई अवसर दिनु भन्दा धेरे–धेरै धन्यवाद राष्ट्र कविज्यूलाई !
मलाई चाहेको त्यत्ति हो । बुढेसकालमा बाँची राख्नु त ठूलो कुरो हो । तर स्वास्थ पनि प्राप्त गर्नु पर्छ । बुढो भएर खाली ओछ्यानमा टासेर बाँचेर त्यसले केही अर्थ राख्दैन । बाच्ने पनि, काम पनि गर्ने हो । भगवानसँग मेरो यही कामना छ ।
‘‘केही काम गरी जाउ, अकालमै नमरी नजाउ, केही काम गरेपछि मर्न पाऊँ । म आज देखि सय वर्ष लागे । केही नौंलो काम गर्न पाऊ ।’’ सक्रिय जीवन भएर बाँच्ने हो ।

 

प्रकाशित मिति २०७५-९-२०

फेसबुकबाट तपाईको प्रतिक्रिया