दोस्रो त्रैमासमा गरिमा बिकास बैंकको सन्तोषजनक प्रगति

बिजनेसपाटी ९ माघ

गरिमा विकास बैंकले दोस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ। स्याङ्जाबाट कारोबार सुरु गरि राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा उदाएको गरिमाले दोस्रो त्रैमासमा सन्तोषजनक प्रगति विवरण ल्याएको छ ।

गरिमाले दोस्रो त्रैमासमा खुद मुनाफा १३.१७ प्रतिशतले बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा भने १५ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको गरिमाले यस अवधिमा १८ करोड ५ लाख खुद मुनाफा गरेको छ।

गत आर्थिक बर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी ३४ करोड ३४ लाखबाट बढाएर ४३ करोड ७९ लाख पुर्याएको छ। जसलाई राम्रै मान्न सकिन्छ ।

निक्षेप संकलन तथा कर्जा प्रवाहमा समेत यस अवधिमा बैंकले राम्रै प्रगति गरेको छ।  गरिमाले यस अवधिमा १७ अर्ब ४१ करोड निक्षेप संकलन गरि १५ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा भने बैंकले १३ अर्ब ३७ करोड निक्षेप संकलन गरि ११ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको थियो।

गरिमाले खराब कर्जा अनुपात समेत सन्तुलनमा आएको छ । बैंकले गत आर्थिक बर्षको निष्कृय कर्जाको अनुपातलाई ०.८४ प्रतिशतबाट ०.४७ प्रतिशतमा झारेको छ। चुक्ता पुंजी २ अर्ब ५३ करोड पुर्याएको गरिमाको प्रति सेयर आम्दानी २९ रुपैयाँबाट १४ रुपैयाँमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया