राष्ट्रपति भण्डारी र प्रचण्डबीच भयो यस्तो कुराकानी

काठमाडौं– १ पुस

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उनीहरुबीच छलफल भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया