सुन्तलीलाई भगाई लग्यो झिल्केले ‘लुकेको प्रथामा आधारित छ’–नायिका सुरजनी

पछिल्लो समय मोडलिङ, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम प्रस्तुता भएर चर्चा आएकी सुरजनी  केसी आउँदो साउन २१ गतेबाट नायिकाको भुमिकामा ठुलो पर्दामा सार्वजनिक हुदैछिन । ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ नामको फिल्मबाट फिल्मी करियर सुरु गरेकी नायिका केसीसँग विजनेसपाटी डटकमका रिसव गौतमले आउँदै गरेको फिल्म सम्बन्धमा गरेको कुराकानीको सारसंक्षेप ।

१) तपाइको कलाकारिता यात्रा कसरी अघाडी बढ्यो ?
सुरुमा त मैले फोटो सुटबाट थालेको हुँ । म त्यतिबेला ११ कक्षामा पढदै थिएँ । त्यसपछी मैले ¥याप पपहरु ( म्युजिक भिडियो ) बाट कलाकारिता सुरु गरेँ । त्यसपछी भिजेको लागि अफर आयो, न्युज २४ बाट । यसबीच एनटीभी प्लसमा पनि कार्यक्रम चलाउँथे । अहिले चाँही म न्युज २४ मा नै निरन्तरता दिइरहेको छु । बीचमा फोटो सुट, टीभि एड, पेपर एड र धेरै ओटा म्युजिक भिडियोहरुमा काम गरिसकेको छु । फिल्म चाँही मेरो यो ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ पहिलो हो ।

२) तपाइले अहिलेसम्म गरेको सबैभन्दा पपुलर म्युजिक भिडीयो कुन हो ?
एकदमै पपुलर ‘पानीको फोका’ नै हो ।

३) तपाइको आउँदै गरेको नयाँ फिल्मबारे केही भन्न मिल्छ ?
मेरो आउँदै गरेको नयाँ फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केल’े हो । जुन यही श्रावण २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्म एकदमै सुदुर नेपाली फिल्म हो । यो फिल्म न त बलिउडबाट न त हलिउडबाट कँहीबाट पनि चोरीएको कथाबस्तुमा आधारित छैन । यसमा नेपाली समाजको, विकटताको कथाबस्तु छ । त्यसकारण एकचोटी हेर्नको लागि सबै नेपालीहरुलाई आग्रह गर्दछु ।
खासगरी सुदुर नेपालमा परम्परागत रुपमा चलिआएका जुन प्रथाहरु आज पनि चलिरहेका छन । त्यसैमा फिल्म आधारित छ । एउटा गाउँको कथा भनौ न, नेपाली समाजको । रियालिटी नै हो । के भइरहेको थियो पहिला भनेर बनाइएको हो । तर टोटल्ली कमेडी किसिमको छ । एउटा एकदम उठाइएको विषय चाँही एउटा प्रथा नै हो । त्यो चाँही म भन्दिन रिलिज भएपछि नै थाहा हुन्छ ।

४) कसलाई टार्गेट गरिएको छ ?
सबैलाई टार्गेट गरिएको छ । सबै युवाहरुले मन पराउनु हुन्छ । किनकी मलाई पनि थाहा थिएन । धेरै कुराहरु यस्तो पनि हुँदो रहेछ नेपालमा भनेर । कल्चर टे«डिसन सबै छ । कतिपय कुराहरु फिल्म गरेपछि नै थाहा पाएँ । त्यसकारण एकदमै राम्रो छ । मलाई लाग्छ सबैले मन पराउनु हुन्छ ।

५) यसमा कलाकारहरु चाँही को को हुनुहुन्छ ?suraj kcc
नाम चलेका कलाकार सुशिल सिटौला, सुशान्त कार्की दुबै नायकको भुमिकामा हुनुहुन्छ । नायिकाको भुमिकामा चाँही म छु । त्यसैगरी अरु थुप्रै कलाकारहरु हुनुहुन्छ ।

६) फिल्म खेलेपछीको तपाइको अनुभव कस्तो छ ?
मैले धेरै कुराहरु अनुभव गरेँ । यो भन्दा पहिला ‘सपना तिम्रो मेरो’मा सर्पोटिङ भुमिकामा काम गरेँ । त्यतिखेर पनि धेरै कुरा सिकेको थिएँ । किनभने मेरो लागि फिल्मी क्षेत्र नयाँ थियो । देखिरहेको थिएँ तर काम कसरी भएको थियो भन्ने थाहा थिएन । तर यो मुभी गरिसकेपछी जस्तो टाइपको टीम थियो एकदमै सर्पोटिङ टीम र डाइरेक्र्टर पनि एकदमै भिजन भएको पाएँ । एक्टीङ त पहिला देखि नै गरिरहेको हुँ । म्युजिक भिडियोमा डाइलक डेलीभरी देखि लिएर, टेक्निकल कुराहरु देखि सबै कुरा सिकेँ । हाम्रो डाइरेक्टर पनि एकदम मज्जालै गाइड गर्ने खालको हुनुहुन्छ । सुशिल पोखरेल, रोशन भटराइ दारी बाँसँग काम गर्दा धेरै कुरा सिकेँ ।

७) तपाइको फिल्म अरु फिल्मबीच कस्तो फरक छ त ? surjani kc
यो त पुरै फरक छ मेरो लागि । यस्तो विषयमा कसैले फिल्म बनाएको छैन । एउटा प्रथा छ, त्यो प्रथा कुनै फिल्मले उठाएकै छैन । नेपालको कल्चर टे«डिसन मात्र नभइ धेरै कुराहरु समावेश गरिएको छ ।

८) आफनो फिल्म सफल हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
हाम्रो तर्फबाट त ढुक्कै हुनुपत्यो नी । १०० त हामीले दिएकै छौ । तर पनि ढुक्क भएर हुदैन । रिजल्ट कुरेको जसरी डर त भइहाल्छ नी ।

९) तपाइको सफलतामा कसको सर्पोट छ ?
मेरो हजुबुबाले पहिले देखि नै एकदमै सर्पोट गर्नुहुन्थ्यो । त्यस बाहेक ममी ड्याडी लगायत मेरो सम्पुर्ण परिवारकै सर्पोट नभएको भए म यहाँसम्म आउने नै थिइन ।

१०) विजनेसपाटी डटकमका पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
जतिपनि यो अन्तावार्ता पढ्नुहुन्छ, तपाइको विजनेसपाटी अनलाइनमा, उहाँहरुलाई के अनुरोध छ भने मेरो फिल्म‘ सुन्तलीलाई भगाइ लग्यो झिलकेले’ हेरिदिनु होला । जुन साउन २१ गतेबाट नेपालका सबै हलहरुमा चल्दैछ । केही सल्लाह सुझाब भए फेसबुक पेजमा फलो गरेर म्यासेज पठाउँदा पनि म खुशी नै हुने थिएँ ।
प्रकाशित मिति २०७३ -४- १९

फेसबुकबाट तपाईको प्रतिक्रिया