१० वर्षका लागि गायक प्रकाश ओझा जेल चलान, यस्तो छ उनको अपराध

बिजनेसपाटी  १४ माघ ।

सेक्स स्क्यान्डलमा  सर्वोच्च अदालतले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ ।  फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।

सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । फरार ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

गायन तथा हास्य कलाकारिता मा चर्चा कमाएका ओझा ०५९ को यौनकाण्डमा दोषी ठहर भएका हुन् । नायिका बनाउने प्रलोभन देखाएर ओझाले शारीरिक सम्वन्ध राखेका थिए । र, त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए ।

उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ । यो घटनाकी पीडितले झण्डै दुई वर्ष अघि आत्महत्या गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया