२०८२ फाल्गुन ६ | Feb 18, 2026

देशद्रोही बालेन ! दमकल किन पठाएनौँ ?

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
10.5k views

सिंहदरबार, सर्वोच्च अदालत
मुलुकको वैभव इतिहास जलिरहँदा
तिमीहरू कहाँ थियौँ ?
प्रहरीहरू तिमीहरू कहाँ थियौ ?
सैनिकहरू तिमीहरू कहाँ थियौ ?
हाम्रा मुलुकका ऐतिहासिक वैभवहरू जलिरहँदा
देश मरिरहदा तिमीहरू कता थियौ ?
काठमाडौँ खरानी भइरहदा
बालेन ! राजधानीका मेयर
कतै धुत नसामा लठिएर
दमकल आगजनी इलाकामा किन आएन ?
देशको ऐतिहासिक धरोहरहरू जलिरहदा
तिम्रो मनको कुनामा
देशप्रति घात प्रतिघात
मन चसक्क भएन ?
तिम्रो देशघाती हरकत विरुद्ध
तिमीलाई दण्डित गर्न ढिलाई हुँदै हुँदैन ।
हाम्रो ऐतिहासिक विरासत
तिम्रो सनकी र उन्मादमा
देश जलेर भष्म हुनुपर्ने ?
बालेन ! म तिमिमाथि प्रश्नमाथि प्रश्न गरिरहेको छु ।
देशका वैभव संरचनाहरू
आगोको मुस्लोले खाइरहँदा
तिमीलाई अलिकति पनि
मुटु दरफराएन ?
देश दुःखी रहँदा,
तिमीलाई अलिकति पनि कतै दुःखेन ?

मेयरको भाङ्ग्रो ओढेर
बालेन अर्थात् लुसीफर
समय–समयमा बरबराउने गरेको सुनेको थिएँ ।
सिंहदरबार जलाइदिन्छु भन्ने गथ्र्यौ
तिम्रो खटन–पटनमा
सुदन गुरुङले भन्न भ्याएको थियो ।
“सिंहदरबार जलाई सक्यौ
बालुवाटार जलाउन जौँ”
सुदन गुरुङ तिम्रा आवाज स्पष्ट सुनिएको छ ।
ठगी, शनिबारे छाप नागरिकता बोकेर
राष्ट्रिय झण्डा घाँटीमा बेरेर हिंड्ने
तिमी राष्ट्रवादी हुँदैहोइनौ ।
मन र कर्मको संयोजन नै राष्ट्रवादी पहिचान हो ।
अमेरिकी दानापानी आफूमा लुड्याएर नेपाली होइँदैन ।
देशद्रोहीका छाला काढेर सेकिनुपर्छ ।
सुदनका हर्कतहरू यसबेला सार्वजनिक भएका छन् ।
राष्ट्रियताका अहम् सवालमा
नेपाली पहिरन र भेषभुषामा
राष्ट्रिय झण्डा घाँटीमा बेरेर
देशघाती हर्कतहरू प्रस्ट भएका छन् ।
सुदन गुरुङहरू ताछिनुपर्छ ।
राष्ट्रघात गरिएको दण्ड स्वरूप –
ऊ ताछिनुपर्छ ।
देशघातीहरू ताछिनुपर्छ ।

सिंहदरबार !
तिमी नेपाली जातिको वैभवताले भरिएको
राष्ट्रियताले ऊ अग्लो–अग्लो हुँदै थियो ।
नेपालीहरूको पहिचान
राष्ट्रियताको गौरवको धरोहर थियो ।

सिंहदरबार !
राष्ट्रको पहिचान बोकेको थियो ।
नेपालीहरूको ढुकढुकीको दूर्ग थियो ।
राष्ट्रको पहिचानको दूर्ग थियो ।
मेरो राष्ट्रको गौरव अजेय धरोहर थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया